६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार एकैदिन १७ सयले बढ्दै सुन मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्नीसहित प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडिया प्रस्थान गरेका छन् ।

नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीले मे महिनाको ९ देखि १३ तारेखसम्म (वैशाख २६ देखि ३० गतेसम्म) भियतनाम र १३ देखि १५ तारेखसम्म कम्बोडियाको भ्रमण गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतले बिदाइ गरेका हुन्।

बुद्ध धर्मालम्बी बहुल यी दुई देशमा नेपाली प्रधानमन्त्रीको औपचारिक भ्रमण बिरलै हुने गरेको छ।