३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध–जोरपाटी सडक खण्ड कालोपत्रको माग गर्दै स्थानीय प्रदर्शनमा, प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी



अ+ अ-

काठमाडौं । लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरूद्ध पारेका छन्।चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।

पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ। बौद्धवासीले विरोधमा बजार समेत बन्द गराएका छन् भने प्रर्दशनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

प्रदर्शनकारीले सडकमा टायर समेत बालेका थिए । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए ।

आफूहरूले साङ्केतिक विरोध कार्यक्रममात्र गरेको र भोलिका दिनमा थप कडा आन्दोलनसहित प्रस्तुत हुने व्यापारीले बताए।

सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको भन्दै मागको तत्काल सुनुवाइ हुनुपर्ने उनीहरूको माग छ।