काठमाडौं । बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि स्थिर रहेको छ।
आज नेपाली बजारमा सुन प्रति तोला ५९ हजार ७०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।