१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो । अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ ।

गोरा जातिका महिलामध्ये प्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने गरेको छ । काला जातिका महिलामा भने योभन्दा तीन गुणा बढी छ । प्रति १ लाख जीवित जन्ममा ४२ जनाभन्दा बढी आमाहरुको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

यी मृत्युमध्ये ३३ प्रतिशतको मृत्यु एक सातादेखि एक वर्षभित्र हुने गरेको छ । आमाहरुको मृत्यु हुने मुख्य कारणहरुमा मुटुरोग, सङ्क्रमण र रक्तश्राव रहेका छन् ।

सीडीसीको प्रतिवेदनमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतलाई बचाउन सकिने उल्लेख छ । राज्य र समुदाय समेतका स्वास्थ्य सेवा प्रदायकको प्रभावकारी भूमिकाबाट महिलालाई जोगाउन सकिने प्रतिवेदनमा जनाइएको छ