२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र (सीडीसी) का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो । अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७.२ मृत्यु हुने गरेको छ ।

गोरा जातिका महिलामध्ये प्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने गरेको छ । काला जातिका महिलामा भने योभन्दा तीन गुणा बढी छ । प्रति १ लाख जीवित जन्ममा ४२ जनाभन्दा बढी आमाहरुको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

यी मृत्युमध्ये ३३ प्रतिशतको मृत्यु एक सातादेखि एक वर्षभित्र हुने गरेको छ । आमाहरुको मृत्यु हुने मुख्य कारणहरुमा मुटुरोग, सङ्क्रमण र रक्तश्राव रहेका छन् ।

सीडीसीको प्रतिवेदनमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतलाई बचाउन सकिने उल्लेख छ । राज्य र समुदाय समेतका स्वास्थ्य सेवा प्रदायकको प्रभावकारी भूमिकाबाट महिलालाई जोगाउन सकिने प्रतिवेदनमा जनाइएको छ