१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी तथा अमेरिकी विदेशमन्त्री बीचको वार्ताका लागि तयारी शुरु



अ+ अ-

काठमाडौं । रुसी तथा अमेरिकी विदेशमन्त्री बीचको वार्ताका लागि तयारी शुरु भएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच आगामी मे १४ का दिन कृष्ण सागरको तटमा रहेको रुसी शहर सोचीमा भेटवार्ता हुने जनाइएको छ ।

भेटवार्तामा उत्तर कोरियाबारे छलफल हुने रुसका उप विदेशमन्त्री इगोर मोरगुलोभले जनाएका छन् ।

यही विषयमा केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको थियो ।

त्यसअघि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रुसको भ्रमण गरी रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध एकाएक पछि धकेलिएपछि रुसी तथा अमेरिकी विदेशमन्त्रीबीच हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।