२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ? ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार छ : सभापति गजुरेल बजेट हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सांसद पुनको माग खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : परिसंघ अध्यक्ष पाण्डे ऊर्जा क्षेत्रको बजेटले समस्या समाधानको सङ्केत गरेको छ : चेम्बर अध्यक्ष लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुलको क्यान्टीनमा साहारा ग्यासको सिलिण्डर बिस्फोट, एक जना घाइते



अ+ अ-

हेटौँडा । मकवानपुरको हेटौँडामा साहारा ग्यासको सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलको क्यान्टीनमा सिलिण्डर बिस्फोट भएपछि आगलागि समेत भएको छ ।

बिष्फोटमा परी क्यान्टीनका संचालक राजेन्द्र लामा घाईते भएको मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख सिंहका अनुसार सिलिण्डर बिस्फोट भएपछि सामानहरु जलेर नष्ट भएका छन् । कति मूल्य बराबरको धनमाल जलेर नष्ट भएको भन्ने यकिन तथ्याङ्क भने आउन बाँकी छ ।

घाइते लामाको पदमपोखरी स्वाथ्यचौकीमा उपचार भईरहेको छ ।