२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजु रोजगारीका लागि विदेशमा, भाउजूसँग अवैध सम्बन्ध, आगो लगाइ श्रीमतीको जिउँदै हत्या



अ+ अ-

काठमाडौं । भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

धनुषाको शहिद नगरपालिका–१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए।निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भयो ।

घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् ।

मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रहेको बताइएको छ ।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए।

श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन्। निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए।