१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबाको शालिक अनावरणपछि यसरी भक्कानिए उद्योगपति ढकाल (भिडियोसहित)



अ+ अ-

 

बागलुङ । आफ्ना पिताजी हिरण्यप्रसाद ढकालको शालिक अनावरणपछि भक्कानिए उद्योगपति चन्द्रप्रसाद ढकाल र उनका भाई हेमराज ढकाल । गत सोमबार उनको जन्मस्थल बागलुङको अमलाचौरमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्गीय ढकालको शालिक अनावरण गरेकि थिइन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाई हेमराज ढकालले आफ्ना पिता ढकालको स्मृतिमा पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा ५ करोड २८ लाख रुपैयाँको लगानीमा चौध कोठे पक्की भवन बनाएका छन् । सो भवन निर्माण भएपछि त्यहाँका पूर्व विद्यार्थीहरुको प्रयासमा रकम संकलन गरी कम्प्युटर र विज्ञान प्रयोगशाला पनि निर्माण भएको छ ।

सो समारोहलाई सम्बोधन गर्न र उनका पिताको शालिक अनावरण गर्न सोमबार राष्ट्रपति भण्डारी अमलाचौर पुगेकी थिइन् । उनले सो शालिक अनावरण गरी विद्यालय भवनको उद्घाटन पनि गरिन् । त्यसपछि बोल्ने क्रममा ढकालले मन थाम्न सकेनन् । उनले आफ्ना पिताजी कर्मका वास्तविक पुजारी हुनुहुन्थ्यो भन्दै स्मरण गरेका थिए । सोही विद्यालयका पूर्व विद्यार्थी रहेका ढकालले आफ्नो विद्यार्थी जीवनका दिनहरु र बुबाको निधनको स्मरण गर्ने क्रममा निकै नै भावुक भए । त्यस समय आफूले अध्ययन गर्ने क्रममा पाएका दुःखका दिनहरु सम्झिएर उनी भक्कानिएपछि कार्यक्रममा उपस्थित अधिकांशका व्यक्ति तथा आफन्तका आँखा रसाएका थिए ।

आफूले जीवनमा निकै दुःख गरेर पढेको भए पनि अहिलेको पुस्ताले त्यस्तो दुःख नपाओस भनेर आफूले सो विद्यालयमा लगानी गरेको जानकारी गराएका थिए । उनले भने– मैले त्यस समयमा जसरी दुःख गरेर पढेँ, ती दिनको म स्मरण मात्र गर्न सक्छु अहिले यहाँ भन्न सक्दिन । हामी सानो उमेरमै छँदा घरको अभिभावक पिताजीलाई गुमाउँदा हामीले कति दुःख पायौँ र आमाले के कसरी हामीलाई हुर्काउनुभयो भन्ने बारेमा पनि आफूले स्मरण मात्र गर्न सक्ने उनले बताए ।

आफूहरु सानो छँदै घरका अभिभावकका रुपमा रहेका पिताजी गुमाउँदा कस्तो पीडा भएको थियो भन्ने कुराको स्मरण गर्दै उनले भनेका थिए– हामी सात देखि सत्र वर्षको उमेरका परिवारका सदस्यहरु रहेका र आमाले कसरी हामीलाई हुर्काउनु भयो होला भनेर उनी निकै नै भावुक भए । आफूले सानो छँदा पाएको दुःखको स्मरण गरेर अहिलेको बालबालिकाले त्यस्तो अप्ठेरो भोग्न नपरोस् र घर गाउँमै सजिलै शिक्षा ग्रहण गर्न सकोस् भनेर आफूले शिक्षाका लागि लगानी गरेको उनले बताए । आफ्नो जन्मस्थान र माटोको मायाले आफूहरुलाई तानेकोले पनि यहाँ लगानी गरी सो विद्यालयलाई राम्रो बनाउने प्रेरणा मिलेको बताए ।

नेपालका एकजना सफल उद्यमी ढकालले सबैभन्दा ठूलो धन विद्या हो भन्दै यस विद्यालयका विद्यार्थीहरुलाई राम्ररी पढ्न सुझाव पनि दिए । आफूहरुले विगतमा शिक्षा प्राप्तिका क्रममा निकै ठूलो संघर्ष गर्नु परेको स्मरण गर्दै तर अहिलेको पुस्ताले भने पढिदिए हुने उनको सुझाव थियो । ठूलो सहभागिता रहेको सो सभामा उनको सम्बोधनले धेरैलाई भावुक बनाएको थियो । राष्टपतिको हैसियतमा भण्डारी पहिलो पटक बागलुङ पुगेकोले पनि ठूलो संख्याका मानिस त्यहाँ उपस्थित भएका थिए ।

सो सभामा आफ्नी आमाले लेखेको कविता बाचन गर्ने क्रममा युवा उद्यमी तथा चन्द्र ढकालका भाइ हेमराज ढकाल पनि भक्कानिएका थिए । आमा जानुका ढकालले आफ्ना पति स्वर्गीय भएको अवस्थालाई सो कवितामा चित्रण गरेकी थिइन् । आफूले छोराछोरीलाई कसरी संघर्ष गरेर हुर्काउनु, बढाउनु, पढाउनु परेको थियो भन्ने विषय सो कवितामा समेटिएको थियो ।

भिडियो

https://youtu.be/kfimT7rECrc