१९ माघ २०८१, शनिबार
,
Latest
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो



अ+ अ-

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइएका छन् । सभामुख कृष्णबहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले २४ वैशाखको बैठकमा विपक्षीहरूलाई जवाफ दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्छरा’ शब्द प्रयोग गरेका थिए जसको कांग्रेसले चर्को प्रतिवाद गरेको थियो ।

बैठकको सुरुमै सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन प्रयोग भएका शब्दबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । लगत्तै सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले विपक्षी सांसदहरूबाट पनि त्यस्ता शब्द प्रयोग भएकाले अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख महराले विपक्षी सांसदहरूले बोलेका अमर्यादित शब्द पनि हटाउन निर्देशन दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।