२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज र भोलि हावाहुरी र चट्याङसहित वर्षा हुने



अ+ अ-

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) र भोलि सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान मशाखाका अनुसार सोमबारसम्म मौसमी अवस्था प्रतिकूल हुने भएको हो ।

आइतबार बिहानैदेखि विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ । यस्तो अवस्था आइतबार र सोमबार पनि रहनेछ । आइतबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार राति पनि देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी, सोमबार बिहानैदेखि देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सोमबार राति पनि मुलुकभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । राजधानीबाट ।