१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसमा कसरि चुनिदै छन् पदाधिकारी केन्द्रिय सदस्यहरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसीर २४ (आगामी शुक्रबार) गतेबाट सुरु हुँदैछ । देश संघिय संरचनामा गए पछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रिय समिति बनाउने छ । काँग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् ।

कांग्रेसको संसोधित बिधान अनुसार सहमहामन्त्रिहरु विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने तर सबै केन्द्रिय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन् । तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ ।  महाधिवेशनबाट निर्वाचित भएका केन्द्रिय सदस्य मध्यबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रिय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।

१४ औं  महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष ९खुला० ३५ जना केन्द्रिय सदस्य निर्वाचित हुनेछ भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रिय समितिले थप ३३ जना केन्द्रिय समिति मनोनयन गने व्यवस्था विधानमा छ । केन्द्रिय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरि २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरि ५४ जना केन्द्रीय सदस्य चुनिने छन् ।

यसमा अपाङ्गता वा अल्पसङ्ख्यक समूहबाट १ केन्द्रिय सदस्य निर्वाचित हुनेछन् । यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रिय सदस्य बिधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरु महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नु पर्ने छ । निर्वाचित केन्द्रिय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचीत भए ४१ जना हुनेछन । समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रिय सदस्यमा मनोनित गर्नु पर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रिय सदस्यमा पुग्नेछन ।