१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले दोस्रो स्थानमा चित्त बुझायो, मानेको दुई गोल गयो खेर



अ+ अ-

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ ।

आइतरबार राति भएको अन्तिम चरणको खेलमा लिभरपुलले वोल्भ्सलाई २–० गोलको सहज जित निकालेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा साडियो मानेले दुई गोल गरे । उनकै दुई गोलको मद्दतमा लिभरपुलले सहज जित हात पारेको हो ।

खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनकै गोलमा पहिलो हाफसम्म १–० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । यो गोल पनि मानेकै नाममा रह्यो । खेलको ८१औं मिनेटमा उनले गोल गर्दै लिभरपुललाई २–० गोलको जित दिलाए ।

उपाधि उचाल्नबाट म्यान्चेस्टर सिटीसँग एक अंकले पछि परेको लिभरपुलले उपविजेतामै यो संस्करणको लिग सकाएको हो । यता सिटीले भने लगातार दोस्रो पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचालेको छ ।

३८ खेलबाट ९८ अंक बनायो । यता, लिभरपुलले भने ३८ खेलबाट ९७ अंक बनाउन सफल भयो ।