६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलले दोस्रो स्थानमा चित्त बुझायो, मानेको दुई गोल गयो खेर



अ+ अ-

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ ।

आइतरबार राति भएको अन्तिम चरणको खेलमा लिभरपुलले वोल्भ्सलाई २–० गोलको सहज जित निकालेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा साडियो मानेले दुई गोल गरे । उनकै दुई गोलको मद्दतमा लिभरपुलले सहज जित हात पारेको हो ।

खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनकै गोलमा पहिलो हाफसम्म १–० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । यो गोल पनि मानेकै नाममा रह्यो । खेलको ८१औं मिनेटमा उनले गोल गर्दै लिभरपुललाई २–० गोलको जित दिलाए ।

उपाधि उचाल्नबाट म्यान्चेस्टर सिटीसँग एक अंकले पछि परेको लिभरपुलले उपविजेतामै यो संस्करणको लिग सकाएको हो । यता सिटीले भने लगातार दोस्रो पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचालेको छ ।

३८ खेलबाट ९८ अंक बनायो । यता, लिभरपुलले भने ३८ खेलबाट ९७ अंक बनाउन सफल भयो ।