काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका भारु सहित ५ जना नेपाली पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङका शम्भु परियार, कास्कीका सन्तोष थापा मगर, दोलखाका रामविक्रम खड्का, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।
उनिहरुलाई १६ लाख बराबरको नोटसहित गएराति ठमेलको होटल ब्लू मोहनबाट पक्राउ गरेको परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।
उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न सकेको छैन । यद्यपि, नेपालमा रहेका प्रतिबन्धित नोट सटही नभइसकेका वेला कुनै पनि वेला सहटी खुला गरिने प्रलोभनमा कारोबार भएको हुनसक्ने आशंका गरिएको छ ।