२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई शान्त पार्न एप्पलद्वारा २७५ अर्ब डलरको सम्झौता



अ+ अ-

एप्पल इंकका प्रमुख कार्यकारी टिम कुकले चिनियाँ अधिकारीहरूसँग करिब २७५ अर्ब डलर बराबरको एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौताले चीनमा एप्पललाई आफ्ना उपकरणहरू र सेवाहरूलाई अवरोध गर्ने खतराहरूलाई कम गर्ने बताइएको छ । यद्यपि सो सम्झौतासम्बन्धमा एप्पलले कुनै प्रतिक्रिया दिएको छैन । 

एप्पलका आन्तरिक दस्तावेज र केही अन्तरवार्तालाई उद्धृत गर्दै रोयटर्सले कम्पनी विरुद्धको नियामक कारबाहीलाई रोक्न सन् २०१६ मा कुकले चीनको भ्रमण गर्दा पाँच वर्षको सम्झौता गरेको जनाएको छ । 

रोयटर्सका अनुसार एप्पलले स्थानीय अर्थतन्त्रमा पर्याप्त योगदान गरिरहेको छैन भन्दै आएका चिनियाँ अधिकारीहरुसँग कुकले लबिङ गरेका थिए र उनले बेइजिङलाई केही सहुलियत दिँदै चिनियाँ सरकारी एजेन्सीसँग सम्झौता गरे जसबाट एप्पललाई प्रमुख कानूनी सहुलियत प्राप्त भयो । 

सम्झौताअनुसार चीनमा एप्पलका केही लगानी नयाँ रिटेल स्टोर, अनुसन्धान विकास केन्द्र तथा नवीकरणीय ऊर्जा परियोजनाको निर्माणमा खर्च हुनेछ । चीन एप्पलको सबैभन्दा ठूलो बजार हो । एप्पलको चौथो त्रैमासिक वित्तीय प्रतिवेदनमा चीनमा उसको विक्री वार्षिक ८३ प्रतिशतले वृद्धि भएको बताइएको छ । 

सम्झौताअनुसार एप्पलले आफ्ना उपकरणहरूमा चिनियाँ आपूर्तिकर्ताहरूबाट थप कम्पोनेन्टहरू प्रयोग गर्ने, चिनियाँ सफ्टवेयर फर्महरूसँग सम्झौता गर्ने, चिनियाँ विश्वविद्यालयहरूसँग टेक्नोलोजीमा सहकार्य गर्ने र चिनियाँ प्राविधिक कम्पनीहरूमा प्रत्यक्ष लगानी गर्नेछ।