१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

लम्की । कैलालीको टीकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ । आज बिहान ८ बजे टीकापुरबाट इँटा बोकेर नारायणपुर जाँदै गरेको से१त १११६ नंको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका–५ घर भएका ४० वर्षीया चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यो क्षेत्रमा दुर्घटना हुनसक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्डसमेत राखेको छ । चालू वर्षमा टीकापुर सो क्षेत्रमा सडक दुर्घटनामा परी तीनको मृत्यु भएकोे छ भने दुईको अङ्गभङ्ग भएको प्रहरीले जनाएको छ ।