२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीको पाइपलाइनमा क्षति



अ+ अ-

बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पुर्याइएको छ । विदुर नपामार्फत विनियोजित रु एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो ।

घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित बस्तीमा ल्याइएको खानेपानीको पाइप विभिन्न स्थानमा टुक्रा–टुक्रा बनाएर काटिएको वडाध्यक्ष दलबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार दिनभर लगाएर गाडिएको पाइप गए राति २५ भन्दा बढी टुक्रा बनाएर क्षति पु¥याइएको छ । उक्त पाइपलाइनमा क्षति बनाउन सोही स्थानका असहमति राख्ने व्यक्तिको संलग्नता हुनसक्ने उहाँको अनुमान छ ।

खानेपानी योजनाका लागि घट्टेखोला मुहानबाट पानी ल्याउन सोही स्थानका अन्य बस्तीका बासिन्दाले असहमति जनाउँदै आएका थिए । विरोधका बीच योजना कार्यान्वयनमा ल्याएलगत्तै क्षति पु¥याइएकाले यसअघि उक्त योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ




भर्खरै