८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यरातमा एटीएम रुम भित्रै नसाको तालमा युवतीमाथि…..



अ+ अ-

काठमाडौं । भारतको मुम्बईमा युवतीमाथि एक व्यक्तिले एटीएम रुम भित्र यौन उत्पीडन गरेका छन् । युवती मध्यराति ढाई बजे एक म्यूजिक शोबाट आफ्नो घर फर्किरहेकी थिइन् ।

घर नजिकै पुग्ने क्रममा उनी अटोरिक्साको पैसा दिनका लागि एटीएम गएकी थिइन् । ती युवतीले यो घटनाबारे आफ्नो ट्विटर र ईन्स्टाग्राममा लेखेकी छन् । उनले भनेकी छन् यो घटना मेरो बर्थडेका दिन घटेको थियो । मध्यरातमा युवतीको एटीएमले काम गरेन । त्यहीबेला एटीएममा एक व्यक्ति आए र उनले मद्दत गर्ने बताए । ती युवतीले उनको मद्दत इन्कार गरिन् ।

अटो चालकले आफ्नो भाडा नपाएपछि सामान्य विवाद भयो । प्रहरी आयो । युवतीले आफ्नो कुरा प्रहरीलाई भनिन् ।

यसपछि युवती फेरि रकम निस्कने आशामा एटीएम भित्र गइन् । दोस्रो पटक पैसा निकाल्ने प्रयास गरिरहेका बेला ती व्यक्ति युवतीलाई पछ्याउदै फेरि एटीएम भित्र छिरे र युवतीमाथि यौन उत्पीडन गर्न थाले ।

युवती च्याईन र मोबाइल फोन झिकेर भिडियो बनाउन थालिन् । भिडियो बनाउन थालेको थाहा पाएपछि युवकले सुईकुच्चा ठोके ।

युवतीले नजिकैको प्रहरीलाई खबर गरिन् । प्रहरीले पिछा गरेर युवकलाई पक्राउ गर्यो । पक्राउ परेका युवक सन्दीप दीप कुम्भरकर हुन् । उनले रक्सीको नशामा आफूले यो कुकृत्य गरेको स्वीकार गरेका छन् ।




भर्खरै