२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिममाथिको हिंसात्मक घटना बढ्न थालेपछि श्रीलंकामा कर्फ्यू



अ+ अ-

काठमाडौँ । मुस्लिम अल्पसंख्यकमाथि हिंसात्मक घटना बढ्न थालेपछि श्रीलंकाका विभिन्न भागमा कर्फ्यू लगाइएको छ।

आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकारले अन्य भागमा पनि कर्फ्यू लगाएको हो।

पछिल्लो समय मुस्लिमका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि कफ्र्यू लगाइएको हो । विभिन्न सहरमा भएका प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

सामाजिक सद्भाव नखल्बलियोस् भनेर सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको छ।