१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा खानी दुर्घटना, पाँच जनाको मृत्यु, दर्जनौं खानीभित्रै पुरिए



अ+ अ-

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु हुनुका साथै अरु दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ ।

उद्धारकर्ताहरुले खानीबाट पाँच जनाको शव निकालेका छन् । बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर पहाडी भेगको सुनखानीमा उक्त दुर्घटना भएको हो । खानीमा फसेका अरु व्यक्तिको खोजी भइरहेको पनि बताइएको छ ।

खानी दुर्घटनामा बाँचेकाहरुले भने खानीभित्र अरु १५ जना पुरिएको बताएका छन् । निरन्तरको वर्षाका कारण खानी दुर्घटना भएको हुनसक्ने राष्ट्रिय प्रकोप नियन्त्रण संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताउनुभयो ।

कठिन भौगोलिक अवस्था र निरन्तरको वर्षाका कारण उद्धारमा कठिनाई रहेको पनि उहाँले बताउनुभयो ।

इन्डोनेसियामा पुराना सुनखानी धेरै रहेका र तिनीहरु परम्परागत रुपमै सञ्चालनमा रहेका छन् । खासगरी पहाडी दुर्गम इलाकाहरुमा यी सुनखानी छरिएर रहेका छन् ।