३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरहीन औषधि विक्री वितरण गर्ने पसलहरुमाथि कडा कार्वाही गर्ने यादवको चेतावनी



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीत औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना बनाएको बताए ।

उनले चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाउने पनि बताए ।

उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए ।