१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलबाट सन्दीपले यो सिजन ५५ लाख रुपैयाँ पाउने



अ+ अ-

काठमाडौं । गत बर्ष २० लाख भारुमा दिल्ली क्यापिटल्समा अबद्ध भएका नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् ।

इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सले ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउँछन् ।

सन्दीपले एक खेलमा स्टाइलिस खेलाडीको उपाधि जितेका थिए । पञ्जाव विरुद्ध तीन विकेट लिएका कारण उनले सो उपाधि जितेका थिए । सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ हात पारेका थिए ।

लगातार दोस्रो सिजन आइपीएल खेलेका सन्दिपले ६ खेलमा ८ विकेट लिएका थिए । सुरुवाती दुई खेलमा बेन्चमा बसेको सन्दीपले त्यसपछि लगातार चार खेल खेलको थिए ।

त्यसअघि अरु दुई खेल खेल्दा अन्तिम चरण र क्वालिफायर्समा उनी बेन्चमा बसेका थिए ।