३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातभर तालिबान र सुरक्षाफौजबीच भएको भिडन्तमा १२ जना मारिए



अ+ अ-

फराह । अफगानिस्तानको घाज्नी प्रान्तमा गएराति रातभर तालिबान लडाकू समूह र सुरक्षाफौजबीच भएको भिडन्तमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् ।

सो झडपमा परी तीन सरकारी सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । यसैगरी यस झडपमा परी नौ तालिबान लडाकू घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेका दुई वटा गाउँमा रहेका प्रहरी चौकीमा उक्त भिडन्त भएको थियो ।सो आक्रमणको सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा परी १२ तालिबान लडाकू मारिएका जनाइएको छ ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी छ ।