३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरको छाना खस्दा तीन जनाको मृत्यु



अ+ अ-
फाइल फोटो

जोधपुर । राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन् ।


स्थानीय समयाअनुसार सोमबार राति ११ बजे उक्त घरको छाना खसेको थियो । सो घरभित्र चार व्यक्ति बसिरहेका थिए । उनीहरुलाई खसेको छानाले थिचेको थियो ।

सो घटनामा घाइते भएका व्यक्तिहरुलाई तत्काल अस्पताल लगिएको प्रहरीले बताएको छ । घाइतेमध्ये तीन जनाको तत्काल मृत्यु भएको र एकको अस्पतालमा उपचार भइरहेको जोधपुर जिल्ला प्रमुख प्रकाश राजपुरोहितले एएनआइलाई बताउनु भएको छ ।

यस घटनको अनुसन्धान जारी रहेको राजपुरोहितले बताउनु भएको पनि समाचारमा जनाइएको छ ।