६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सिजनको सगरमाथा आरोहण खुला, ८ सदस्यीय शेर्पा टोली चुचुरोमा



अ+ अ-

काठमाडौं । वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न १ः४५ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गत वर्ष पनि आजैका दिन अर्थात् वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले आजदेखि आरोहण शुरु भएको जानकारी दिनुभयो ।

सङ्खुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम ९रोप फिक्सिङ० गरेको थियो । उक्त समूहमा सोलुखुम्बुका पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा तथा सङ्खुवासभाका क्रमशः मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा हुनुहुन्छ । उनीहरु ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सिपिडिसन प्रालि र मेडिसन माउण्टेनरिङ एभरेष्ट एक्सिपिडिसन–२०१९’ बाट गएको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एशोसिएशनले गर्दै आएको छ ।

सगरमाथाको शिविर २ सम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० पाएको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।

विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यस याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४३ करोड ८९ लाख २७ हजार सगरमाथाबाट मात्र छ ।