२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० जना आफन्तको साथमा पूर्व राजाको ‘ह्याप्पी फ्राइडे’ ! (फोटो फिचर)



अ+ अ-

काठमाडौं । काठमाडौंको दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाएका हुन् ।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पुर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए ।

सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए । साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बिच दरबारमार्ग पुगेका पूर्व राजा ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए । सहभागि सबैले किंग्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा पूर्व राजा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकहरुलाई धन्यवाद दिएका थिए । लाउञ्जले मिलाएको सुरक्षा प्रबन्धको पूर्व राजा ज्ञानेन्द्रले तारिफ गरेका थिए ।

सो अवसरमा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाएका थिए । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले भव्य स्वागत तथा सम्मान प्रदान गरेका थिए ।

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्व राजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगितहरु प्रस्तुत गरेका थिए ।

फोटो : सरोज राई