६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ चयन, खड्काले गरे बैठक बहिष्कार



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङलाई चयन गरेको छ । मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले नेम्वाङलाई चयन गरेको हो ।

यता वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष विर बहादुर खड्काले दाबी पेश गरेपनि बैठककै क्रममा विवाद उत्पन्न भएपछि बैठक नै बहिष्कार गरेका थिए ।

उपाध्यक्ष खड्कासहितको टोलीले बैठक बहिस्कार गरेपनि एन्फा कार्यसमिति बैठक भने जारी छ । तर, बैठकले गरेका कुनै पनि निर्णयहरु आफूहरुका लागि अमान्य हुने भन्दै यस्ता निर्णय विरुद्ध राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा उजुरी गर्ने खड्काले बताए ।