नवलपरासी । सडक दुर्घटनामा श्रीमान् गुमाएकी पूर्वी नवलपरासी कावासोतीकी एक महिलालाई विभिन्न चन्दादाताको सहयोगमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
विसं २०७४ मङ्सिर ६ गते सडक दुर्घटनामा ज्यान गुमाएका रोशनबहादुर ठाडामगरका श्रीमती देवकी ठाडामगरको आर्थिक अवस्था कमजोर भएका कारण कालिका नारी विकास मञ्चको सक्रियतामा समाजसेवी विष्णुकुमार कार्की, कर्णेल धनबहादुर मास्की रानाले नयाँ घर निर्माण गरी हस्तान्तरण गर्नु भएको हो । कर्णेल धनबहादुरले विभिन्न सहयोगी दाताबाट सङ्कलन भएको रु ४० हजारसमेत देवकीलाई हस्तान्तरण गर्नुभएको थियो ।