२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरुले हानेर श्रेष्ठको मृत्यु



अ+ अ-

भद्रपुर । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो ।
अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा मृतकका बुबाले मृत्यु भइसकेको अवस्थामा श्रेष्ठलाई फेला पार्नुभएको थियो । उहाँले मृत छोरालाई देखेपछि तत्काल गाउँले र प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरीसहित स्थानीयवासी पुगेका थिए । मृतकको शव परीक्षणका लागि राति नै भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।