२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लायन्स क्लबद्वारा १३० विद्यार्थीलाई छात्रवृत्ति वितरण



अ+ अ-

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी–१ नेपालले सञ्चालन गरेको पढाऊ अभियानअन्तर्गत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

क्लबले पोखरामा मङ्गलबार एक कार्यक्रम आयोजना गरी जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १३० विद्यार्थीलाई जनही न्यूनतम रु चार हजारदेखि अधिकतम रु १६ हजारसम्म छात्रवृत्ति प्रदान गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालका शिक्षा कोषका अध्यक्ष एवं निर्वतमान गभर्नर धनराज आचार्यले बताउनुभयो ।

छात्रवृत्तिवापत विद्यार्थीलाई रु आठ लाख ५० हजार वितरण गरिएको र केही विद्यार्थी संस्थागत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थी रहेको बताइएको छ । लायन्सले गत वर्ष पढाऊ अभियानका लागि डिष्ट्रिक अन्तर्गतका विभिन्न ४० क्लब तथा व्यक्तिगत गरी २३५ अक्षयकोष स्थापना गरेको थियो ।

कूल रु दुई करोड २५ लाख रहेको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयको सिफारिशमा छात्रवृत्ति वितरण गर्ने कार्यक्रमअनुसार छात्रवृत्ति प्रदान गरिएको हो ।

यस वर्ष देशका विभिन्न १६ जिल्लाका ३८७ विद्यार्थीलाई रु १९ लाख ८६ हजार ७२५ छात्रवृत्तिस्वरुप प्रदान गर्ने कार्यक्रम रहेको बताउँदै आचार्यले केही जिल्लामा वितरण गरिसकिएको र बाँकीमा जेठ दोस्रो हप्तासम्ममा प्रदान गरिसक्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । यस वर्ष छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले उसको शैक्षिक नतिजाका आधारमा कक्षा १२ सम्म अध्ययन गर्ने समयसम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने भनाइ आचार्यको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिक्षक, विद्यार्थी, अभिभावक तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्था मिलेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।