बनेपा । धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय धुलिखेलका लागि १० वटा टेलिभिजन हस्तान्तरण गरेको छ ।
नगरप्रमुख अशोक ब्याञ्जुले प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्कालाई ३२ इन्चका १० एलइडी टेलिभिजनको सेट हस्तान्तरण गर्नुभएको हो ।
नगरप्रमुख ब्याञ्जुले कैदीबन्दीलाई र प्रहरी जवानलाई सूचना ग्रहण गर्न र मनोरञ्जन लिनका लागि टेलिभिजन सेट प्रदान गरेको बताउनुभयो ।