८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमती हुँदाहुँदै आफ्नै छोरीलाई गर्भवती बनाएपछि…



अ+ अ-

काठमाडौं । हाम्रो समाजमा बाबुछोरीको सम्बन्धलाई पवित्र मानिन्छ। तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ जहाँ पिताले श्रीमती छाडेर आफ्नै छोरीसँग विहे गरेका छन् ।

अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी (केटी नाम गरेकी) गर्भवती थिइन् । श्रीमती हुुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टीवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए। श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माइन् । बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो । तर समस्या त्यहाँनेर आयो जब छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिडिन् । आफूूलाई छाडेपछि तनावमा परेका स्टीवनले केटी, बच्चा र शरण दिने पुरुषको उनकै घरमा घुुसेर गोली हानी हत्या गरे । त्यसपछि आफैलाई गोली हानेर आत्महत्या गरे ।

प्रहरीले केटी र पुुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेट्टायो । प्रहरी अनुसन्धानमा स्टीवन र केटी अवैध सम्बन्ध राखेको आरोपमा यसअघि पनि पक्राउ परिसकेका थिए । केटीकी आमाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर, दुबैको मन मिलेपछि कस्को के लाग्थ्यो र प्रहरीले छोडिदियो । त्यसपछि स्टीवनले श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग औपचारिक सम्बन्ध गाँसेका थिए ।




भर्खरै