• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

श्रीमती हुँदाहुँदै आफ्नै छोरीलाई गर्भवती बनाएपछि…



काठमाडौं । हाम्रो समाजमा बाबुछोरीको सम्बन्धलाई पवित्र मानिन्छ। तर, अमेरिकामा एउटा यस्तो घटना बाहिरिएको छ जहाँ पिताले श्रीमती छाडेर आफ्नै छोरीसँग विहे गरेका छन् ।

अमेरिकाको कनेक्टिकटस्थित न्यू मिलफोर्ड टाउनमा स्टीवन प्लाडले आफ्नी श्रीमतीलाई तब डिभोर्स दिए जब उनकी १९ वर्षे छोरी (केटी नाम गरेकी) गर्भवती थिइन् । श्रीमती हुुँदाहुँदै छोरीसँग अवैध सम्बन्ध राखेका स्टीवनले गर्भवती भएपछि श्रीमतीलाई डिभोर्स दिए र छोरी केटीसँग विहे गरी वैधानिक रुपमै श्रीमती बनाए। श्रीमती नहुुँदा उनी छोरीलाई श्रीमतीकै रुपमा हेर्थे र सम्बन्ध राख्दै आएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विहेपछि छोरी अर्थात नयाँ श्रीमती केटीले बच्चा जन्माइन् । बच्चा जन्माएको ७ महिनासम्म सम्बन्ध ठिकै चल्दै थियो । तर समस्या त्यहाँनेर आयो जब छोरी अर्थात नयाँ श्रीमती केटीले उनलाई छोडेर अर्कै पुरुषसँग हिडिन् । आफूूलाई छाडेपछि तनावमा परेका स्टीवनले केटी, बच्चा र शरण दिने पुरुषको उनकै घरमा घुुसेर गोली हानी हत्या गरे । त्यसपछि आफैलाई गोली हानेर आत्महत्या गरे ।

प्रहरीले केटी र पुुरुषको शव पिकअप ट्रकमा फेला पारी बरामद गरेको छ भने बच्चाको शव घरभित्र भेट्टायो । प्रहरी अनुसन्धानमा स्टीवन र केटी अवैध सम्बन्ध राखेको आरोपमा यसअघि पनि पक्राउ परिसकेका थिए । केटीकी आमाको उजुरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर, दुबैको मन मिलेपछि कस्को के लाग्थ्यो र प्रहरीले छोडिदियो । त्यसपछि स्टीवनले श्रीमतीलाई डिभोर्स दिएर छोरीसँग औपचारिक सम्बन्ध गाँसेका थिए ।