
सन् २००७ को सफल फिल्म भूल भुलैयाको सिक्वल बन्ने भएको छ । अक्षय कुमार र विद्या बालन अभिनित उक्त फिल्मकोसफल सिक्वललाई भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।
भूषण कुमारले फिल्मको नाम भूल भुलैया २ रजिस्टर गरिसकेका छन् । छिट्टै फिल्मको विषयमा आधिकारिक घोषणा हुनेछ ।
बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरेको उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्नेछन् ।
भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । फिल्ममा अक्षय कुमार, विद्या बालन, शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो ।









