• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

वर्षमा केवल ५ घण्टा खुल्ने मन्दिर, महिलाहरुले प्रसाद खान पाउँदैनन्



छिमेकी मुलुक भारतमा रहेको एउटा मन्दिर वर्षमा केवल ५ घण्टा मात्र खुल्छ । उक्त मन्दिरमा महिलाका लागि विशेष नियम पनि छ । वर्षको एक दिन चैते दशैँको नवमीको बिहान ४ देखि ९ बजेभित्रमा मात्र यो मन्दिर खोलिन्छ । वर्षका अरु दिन यो मन्दिरमा जान प्रतिबन्धित छ ।

छत्तिसगढ प्रान्तको गरियाबन्द जिल्लाा रहेको निरई माता मन्दिर पहाडी इलाकामा रहेको छ । यो देवी मन्दिरमा अन्य देवीका मन्दिरमा जसे सिन्दुर, श्रृंगारका सामान तथा फूलको साटो केवल नरिवल र अगरबत्ती मात्र चढाइन्छ ।

चैत्र नवरात्रीमा सो मन्दिरमा आफै ज्योति प्रज्वल्लित हुने दाबी गरिन्छ र नवरात्र भर बलिरहन्छ । तेल विना आफै त्यसरी ज्योति बल्नुलाई स्थानीयले चमत्कारको रुपमा लिन्छन् ।

त्यो मन्दिरमा महिलाको प्रवेश निषेध छ र केवल पुरुषहरु मात्र प्रवेश गर्न पाउँछन् । महिलाहरुले त्यो मन्दिरको प्रसाद खान पनि पाउँदैनन् । मन्दिरको प्रसाद खाएमा महिलाहरुमा केही न केही नकारात्मक घटना हुने जनविश्वास छ ।