८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षमा केवल ५ घण्टा खुल्ने मन्दिर, महिलाहरुले प्रसाद खान पाउँदैनन्



अ+ अ-

छिमेकी मुलुक भारतमा रहेको एउटा मन्दिर वर्षमा केवल ५ घण्टा मात्र खुल्छ । उक्त मन्दिरमा महिलाका लागि विशेष नियम पनि छ । वर्षको एक दिन चैते दशैँको नवमीको बिहान ४ देखि ९ बजेभित्रमा मात्र यो मन्दिर खोलिन्छ । वर्षका अरु दिन यो मन्दिरमा जान प्रतिबन्धित छ ।

छत्तिसगढ प्रान्तको गरियाबन्द जिल्लाा रहेको निरई माता मन्दिर पहाडी इलाकामा रहेको छ । यो देवी मन्दिरमा अन्य देवीका मन्दिरमा जसे सिन्दुर, श्रृंगारका सामान तथा फूलको साटो केवल नरिवल र अगरबत्ती मात्र चढाइन्छ ।

चैत्र नवरात्रीमा सो मन्दिरमा आफै ज्योति प्रज्वल्लित हुने दाबी गरिन्छ र नवरात्र भर बलिरहन्छ । तेल विना आफै त्यसरी ज्योति बल्नुलाई स्थानीयले चमत्कारको रुपमा लिन्छन् ।

त्यो मन्दिरमा महिलाको प्रवेश निषेध छ र केवल पुरुषहरु मात्र प्रवेश गर्न पाउँछन् । महिलाहरुले त्यो मन्दिरको प्रसाद खान पनि पाउँदैनन् । मन्दिरको प्रसाद खाएमा महिलाहरुमा केही न केही नकारात्मक घटना हुने जनविश्वास छ ।




भर्खरै