
काठमाडौं । इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाका एजेन्ट मिनो राइओलामाथि तीन महिनाको प्रतिबन्ध लागेको छ।
५१ वर्षका राइओलालाई इटालीको फुटबल संघले प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अनुशासन समितिले त्यसलाई विश्वव्यापी बनाएको हो।
फिफाको निर्णय अनुसार अब राइओलाले तीन महिनासम्म फुटबलसम्बन्धी गतिविधिमा भाग लिन नपाउने भएका छन् । प्रतिबन्धको कारण खुलेको छैन ।
तर, उनले झुटो आरोपमा आफूमाथि प्रतिबन्ध लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनी जाल्टन इब्राहिमोभिचका पनि एजेन्ट हुन्।










