लमही । तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ ।
आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो । उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई खुवाइनेछ ।
उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताए।
आइरन फोलिक एसिड विद्यालय जाने किशोरीलाई विद्यालयमा र विद्यालय नजाने किशोरीलाई समुदाय, वडा तथा स्वास्थ्य संस्थामा खुवाइनेछ ।
प्रमुख दाहालका अनुसार प्रत्येक किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइनेछ । यही कार्यलाई १३ हप्तासम्म निरन्तरता दिइने बताइएको छ ।