२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बनेपाबाट रोशी जाँदै गरेको बस दुर्घटना रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले तीनवटा विधेयक फिर्ता नलिए सडकबाट प्रतिवाद गर्ने काँग्रेसको चेतावनी



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले नेपालको संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी मन्त्रिपरिषदले निर्णय गरी संघीय संसदमा दर्ता गरेका विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ ।

बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले तीनवटा विधेयकप्रति आपत्ति जनाउदै ती तीनवटै विधेयक संविधान विपरित रहेको ठहर गर्दै फिर्ता लिन माग गरेको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकारसम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत भएको जनाएका छन् ।

उनले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्न काँग्रेस तयार रहेको बताए ।

‘ संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको हो । तर वर्तमान सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको छ’ संसदीय दलको बैठकपछि काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।