भक्तपुर । भक्तपुर र नेपालका बिभिन्न ठाँउमा चोरी गरेको आरोपमा एक पाकिस्तानी दम्पत्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानका मनसिंह खान र पूजा खान रहेका छन् ।
मंगलबार महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले उनिहरुलाई त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट नियन्त्रणमा लिएको हो ।
महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार उक्त दम्पत्तिले लोकन्थलीमा एक पसलको काउन्टर बाट ७० हजार रुपैयाँ चोरी गरेका थिए । त्यस्तै लोकन्थलीकै उक पसलबाट ३० हजार हराएपछि उनिहरुलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा बुटवलबाट एक लाख ७० हजार चोरी गरेको खुल्न आएको पनि बताइएको छ । एसएसपी थापाका अनुसार उनीहरू ३ महिना अघि नै नेपाल आएको खुल्नेको छ । उनीहरूको पर्यटक भिसा १५ दिनपछि एक्सपायर हुँदैछ।
उनीहरूविरूद्ध प्रहरीले चोरी मुद्दा दायर गर्ने तयारी गरेको छ।