१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची आयोजनाको काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने



अ+ अ-

काठमाडौं । इटलियन कम्पनी सीएमसीले छाडेर गएपछि अलपत्र अवस्थामा रहेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने तयारी थालेको छ ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार एक हप्ताभित्रै टुंग्याउने गरि समिति गठन गर्ने बताए । सहायक ठेकेदारलाई भुक्तानी दिनुपर्ने रकम सिधै भुक्तानी दिदा अनियमितता गरेको आरोप लाग्न सक्ने भन्दै सरकारले सर्वदलीय समिति गठन गरेर काम अघि बढाउने तयारी शुरु गरेको उनले बताए ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै सचिव शर्माले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएसँगै यस विषयमा छलफल हुने जानकारी दिए ।