२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यानलाई भित्र्याउन बार्सिलोना इच्छुक, प्रस्ताव स्वीकार गरे १ जुलाईमा भित्र्ने



अ+ अ-

काठमाडौं । एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले यो सिजनको अन्त्यसँग उनले क्लब छोड्ने बताएका छन् ।

मड्रिडमा ५ वर्ष बिताएका विश्वकप विजेता खेलाडी ग्रिजम्यानले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एट्लेटिकोबाट अन्तिम खेल हुने बताएका छन ।

समाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’

उनले आफ्ना समर्थकहरुलाई अहिलेको लागि एथ्लेटिको मड्रिड छाड्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया दिएका समर्थकहरुलाई यो जानकारी दिन चाहन्छु कि अहिलेका लागि यो क्लब छोड्दैछु, अरु चिजहरु हेर्नका लागि र अरु चुनातीहरु सामना गर्नका लागि ।’

उनलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा किन्न खोजेको बीबीसीले जनाएको छ । एटलेटिकोले बार्सिलोनाको प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् ।

ग्रिजम्यानलाई भित्र्याउनका लागि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नु पर्छ । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

एट्लेटिकोबाट ५ वर्षमा दुई सय ५६ खेलमा एक सय ३३ गोल गरेका ग्रिजम्यान २०१४ मा रियल सोसिडाडबाट अनुबन्ध भएका थिए ।

गत वर्ष बार्सिलोनाको अफरलाई अस्वीकार गरेका उनलाई डिसम्बर २०१७ मा नियमविपरीत अनुबन्धको प्रयास गरेको थियो । यो सिजनमा एट्लेटिकोबाट बाहिर हुने ग्रिजम्यान तेस्रो ठूलो खेलाडी हुन । यसअघि लुकास हर्नान्डेज, डिएगो गोडिनले क्लब छोडिसकेका छन ।