५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई नेपाली पनि शुद्ध बोल्न आउँदैन, अङ्ग्रेजी सुनेर हाँस्नेहरुले आएर सिकाइदिनुस् : यादव



अ+ अ-

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले लगानी सम्मेलनमा अंग्रेजीमा बोल्दा ‘इदर निदर’ नभनेको दाबी गरेका छन् ।

बुधबार एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा लगानी सम्मेलनमा आफूले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचनाको विषयमा यादवले असन्तुष्टि व्यक्त गरेका हुन् ।

मन्त्री यादवले भने, ‘मैले अंग्रेजीमा इदर र निदर भनेको थिएँ तर मलाई मातृकाले अंग्रेजी बोल्नै जानेन भनेर उडाए । हुन त म अंग्रेजमा जन्मेको मान्छे पनि होइन । खासमा मलाई नेपाली पनि शुद्ध बोल्न आउँदैन। ’

उनले आफूलाई अंगेजी बोल्न नजानेको भन्दै खिसी गर्नेलाई सिकाइदिन आग्रह पनि गरे ।