५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘न्याय माग्दा नालामा फाल्ने धम्की दिए’



अ+ अ-

काठमाडौं । अस्पतालले गलत रगत दिएका कारण ज्यान गुमाएकी ५ वर्षीया बालिका आकृतिकुमारीका बुवा रामप्रवेश साहले न्याय दिलाइदिन सरकारसँग माग गरेका छन् ।

यही वैशाख २३ गते गलत रगत दिएका कारण सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहले ज्यान गुमाएका थिए ।

बुवा रामप्रवेश साहले भने,‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’
शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि सुनाए । उनले भने,‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ। हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय पुग्दा समेत उजुरी दर्ता नभएको उनको गुनासो छ । ‘सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन’ उनले भने, ‘अब हामी कहाँ जाने ?’

उनले अघि भने, ‘मलाई इन्साफ चाहिएको छ तर, खुरुक्क शव लिएर जानू, बढी बोलिस भने नालामा फालिदिन्छु भनेर धम्की दिन्छन् ।

कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा। सुरेन्द्र भण्डारी र डा। नारायण घिमिरेले लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।