२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना



अ+ अ-

तमिलनाडुको कोयम्बटुर तथा सुलुरको बीच कुन्नुरमा भारतीय वायुसेनाका एउटा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनाग्रस्त वायुसेनाको एमआई१७–भी५ हेलिकप्टरमा भारतीय सेनाका सर्वोच्च कमाण्डर सीडीएस जनरल विपिन रावत, उहाँकी पत्नी मधुलिका रावत र परिवारका केही सदस्य पनि सवार रहेको बताइएको छ । हेलिकप्टरमा नौ जना सवार रहेका थिए । घटनास्थलबाट शवहरु बाहिर निकालिएको छ । 

सिडिएस जनरल रावत र उहाँकी पत्नी मधुलिका एक कार्यक्रममा भाग लिएर दिल्ली फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । वायुसेनाको एमआई१७–भी५ हेलिकप्टर नीलगिरिको जङ्गल क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थलबाट तीन जनालाई बाहिर निकालिएको बताइएको छ ।

दुर्घटनाको कारणबारे सबै किसिमका अनुमान भइरहेको छ । खराब मौसम र बादलका कारण हेलिकप्टरका पाइलटले सही अनुमान गर्न नसकेर दुर्घटना भएको बताइएको छ ।