तमिलनाडुको कोयम्बटुर तथा सुलुरको बीच कुन्नुरमा भारतीय वायुसेनाका एउटा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनाग्रस्त वायुसेनाको एमआई१७–भी५ हेलिकप्टरमा भारतीय सेनाका सर्वोच्च कमाण्डर सीडीएस जनरल विपिन रावत, उहाँकी पत्नी मधुलिका रावत र परिवारका केही सदस्य पनि सवार रहेको बताइएको छ । हेलिकप्टरमा नौ जना सवार रहेका थिए । घटनास्थलबाट शवहरु बाहिर निकालिएको छ ।
सिडिएस जनरल रावत र उहाँकी पत्नी मधुलिका एक कार्यक्रममा भाग लिएर दिल्ली फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । वायुसेनाको एमआई१७–भी५ हेलिकप्टर नीलगिरिको जङ्गल क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थलबाट तीन जनालाई बाहिर निकालिएको बताइएको छ ।
दुर्घटनाको कारणबारे सबै किसिमका अनुमान भइरहेको छ । खराब मौसम र बादलका कारण हेलिकप्टरका पाइलटले सही अनुमान गर्न नसकेर दुर्घटना भएको बताइएको छ ।