५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थलको काम सूचारु गर्न प्राधिकरणले दियो १० करोडको चेक



अ+ अ-

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट रकम उपलब्ध गराएको छ ।

ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएपछि प्रभावित भएको भन्दै तत्कालका लागि १० करोड रुपैयाँको चेक ठेकेदार कम्पनीलाई उपलब्ध गराइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

ठेकदारले भुक्तानी समयमै नपाउँदा भैरहवा विमानस्थल धावनमार्ग पिच गर्ने काम रोकिएको थियो । विमानस्थल निर्माणमा प्रयोग हुने रोलर, पेभर, स्काभेटर, डोजरलगायत ठुला उपकरणमा दैनिक २० लाख रुपैयाँ बराबरको डिजेल मात्र खपत हुने आयोजनाको भनाई छ । यस विमानस्थलमा दैनिक करीव २० हजार लिटर डिजेल खपत हुने गरेको छ ।

विमानस्थलका लागि आवश्यक रकम निकासा माग्दै ठेकेदार कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको फाइल करीव २० दिन रोकिएर भुक्तानी दिन नसकेपछि काम प्रभावित भएको थियो ।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनका प्रतिनिधि त्रिलोचन भट्टका अनुसार उधारोमा डिजेल नपाएपछि काम रोक्नुपरेको हो । डिजेल अभावमा धावनमार्ग पिचको काम गर्ने प्राविधिकसहित ७० कामदारले काम नपाएको उनले बताए ।