१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृविल चियर टी–२० क्रिकेट : नेपाल भारतसँग पराजित



अ+ अ-

काठमाडौं । एसिया कप हृविल चियर टी–२० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो ।

१४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतका लागि गौरब विश्वनाथले ५० बनाएका थिए । अन्य खेलाडीले भने राम्रो रन बनाउन सकेन्न् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

कप्तान दिगमसिंह चेम्जोङले अविजित ६६ रन बनाए त्यस्तै विपिन पौडेलले नटआउट ३३ रन बनाए ।

आजदेखि सुरु भएको एसिया कप हृविल चियर टी–२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।