२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो एकताबद्ध भएको कम्युनिष्ट पार्टी तासको महल ढले जसरी ढल्दैन : पोखरेल



अ+ अ-

काठमाडौं । नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार र राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले युवा संघ नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे एकताबद्ध भएको पार्टी विचारमा सुस्पष्ट हुनुपर्ने धारणा राखेका हुन् ।

उनले भने-”संसारमा हामीले देख्यौँ कम्युनिष्ट पार्टीहरु ठूला-ठूला बने । राज्यसत्ता कब्जा गरे । शासन सञ्चालन गरे । तर ती कम्युनिष्ट पार्टीहरु पूँजीवादीहरुले एउटा पनि गोली प्रहार नगरिकन तासका महल ढलेजस्तो भएर ढले । हाम्रो एकताबद्ध भएको कम्युनिष्ट पार्टी कुनै हालतमा पनि त्यस्तो हुनुहुन्न । हामी सबैले यसमा खबरदारी गर्नुपर्ने जरुरी छ ।”

नेकपाको पोलिटिक्स अब आर्थिक विकास र समृद्धिमा कसरी केन्द्रित हुने बताए । अहिले यस बिषयमा तत्काल रुपमा पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताए । उनले विचारमा स्पष्ट हुन नसके सिंगो पार्टी नै अलमलमा पर्ने बताए ।