५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते, हेलिकप्टरमा पोखरा पठाइयो



अ+ अ-

बुटवल । मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलाबेंशीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा सोही गाउँपालिका वडा नं.–६ घ्वाँगका १३ वर्षीय अमृत थापा रहेका छन् । थापालाई विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा लु ३१ प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिएको स्थानिहरुले बताएका छन् ।

घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मणिपाल अस्पतालमा उपचार सुरु भएको वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिएका छन् ।

मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ ।