५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भष्टाचारमा पोख्त भएकाहरुलाई अख्तियारको जिम्मेवारी दिएर भष्टाचार नियन्त्रण हुदैन : शाह



अ+ अ-
फाइल फोटो

काठमाडौं । नेपाल विद्यार्थी संघ( नेबि)का पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले भ्रष्टाचारमा पोख्त भएकाहरुलाई अख्तियारको जिम्मेवारी दिएर भ्रष्टाचार नियन्त्रण नहुने बताएका छन। अख्तियारमा जबसम्म सक्षम युवाहरूलाई स्थान नदिएर बर्षौ देखि भ्रष्टाचारमा पोख्त भएका कर्मचारीहरुलाई स्थान दिई रहे भ्रष्टाचार मौलाउदै जाने पनि उनले जिकिर गरे।

। बुधबार ११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको विद्यार्थी एकता दिवस तथा बिरोध कार्यक्रममा बोल्दै पुर्व उपाध्यक्ष शाहले युद्ध नेपाली समाजले नचाहेको बताएका छन् । उनले भने हामीले अहिले युद्ध चाहेका छैनौं तर सरकारले बिप्लबलाई प्रतिबन्ध लगाएर युद्ध निम्त्याउन खोजेको छ । उनले भने तत्काल बिप्लवसँग वार्ता गर्नुपर्छ ।

शाहले बिप्लवका विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई तत्काल रिहाई गर्न माग पनि गरे । उनले सरकारले अध्यक्ष ढकाललाई तत्काल रिहाई नगरे देशभर शैक्षिक हड्ताल गर्ने चेतावनी समेत दिए।

कार्यक्रममा संघीय समाजवादी विद्यार्थी संगठनका अध्यक्ष महासचिव प्रकाश राई,अखिल क्रान्तिकारीका अध्यक्ष हरि कृष्ण गजुरेल,अखिल पाचौंका अध्यक्ष घनश्याम मिश्र, नयाँ विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, राजपा विद्यार्थीका संगठनका महासचिव रन्जित निश्पक्ष, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रबिन मिश्र, अखिल क्रान्तिकारीका सचिवालय सदस्य मिलन राईको उपस्थिति रहेको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।