काठमाडौँ । नेपालकी प्रथम महिला ‘लाइब्रेरियन’ प्राध्यापक शान्ति मिश्रको ८१ वर्षको उमेरमा आज निधन भएको छ । गल ब्लाडरमा भएको क्यान्सरका कारण उहाँको आज निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो ।
उपचारका क्रममा अमेरिकामा रहनुभएकी उहाँको ८१ वर्षको उमेरमा आज निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँ त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयकी पहिलो महिला प्रमुख तथा संस्थापक (चिफ लाइब्रेरियन) हुनुहुन्थ्यो ।
साहित्यकार समेत रहनुभएकी उहाँका नेपाली र अंग्रेजी भाषामा पुस्तकहरु प्रकाशित छन् ।
श्रीमती मिश्रका ‘पुस्तकालय विज्ञानको रुपरेखा’, ‘भ्वाइस अफ ट्रुथ ः च्यालेन्ज एण्ड स्ट्रगल अफ अ नेपलिज विमन’, ‘अ विडोज गिफ्ट’, ‘त्रिवि केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’, र ‘रुपमती’ (अङ्ग्रेजी अनुवाद) प्रकाशित छन् । प्रा मिश्रले त्रिविमा प्राध्यापन गर्नुभएको थियो । उहाँ पेन नेपालका संस्थापक अध्यक्ष तथा मार्टिन चौतारीका अध्यक्ष पनि रहनुभएको थियो । उहाँले पुस्तकालय विज्ञानमा अमेरिकाबाट स्नातकोत्तर गर्नुभएको थियो ।
उहाँका एक छोरी डा.प्रज्ञा मिश्र हुनुहुन्छ ।