२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकी प्रथम महिला ‘ चिफ लाइब्रेरियन’ मिश्रको निधन



अ+ अ-


काठमाडौँ । नेपालकी प्रथम महिला ‘लाइब्रेरियन’ प्राध्यापक शान्ति मिश्रको ८१ वर्षको उमेरमा आज निधन भएको छ । गल ब्लाडरमा भएको क्यान्सरका कारण उहाँको आज निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो ।
उपचारका क्रममा अमेरिकामा रहनुभएकी उहाँको ८१ वर्षको उमेरमा आज निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँ त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयकी पहिलो महिला प्रमुख तथा संस्थापक (चिफ लाइब्रेरियन) हुनुहुन्थ्यो ।
साहित्यकार समेत रहनुभएकी उहाँका नेपाली र अंग्रेजी भाषामा पुस्तकहरु प्रकाशित छन् ।

श्रीमती मिश्रका ‘पुस्तकालय विज्ञानको रुपरेखा’, ‘भ्वाइस अफ ट्रुथ ः च्यालेन्ज एण्ड स्ट्रगल अफ अ नेपलिज विमन’, ‘अ विडोज गिफ्ट’, ‘त्रिवि केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’, र ‘रुपमती’ (अङ्ग्रेजी अनुवाद) प्रकाशित छन् । प्रा मिश्रले त्रिविमा प्राध्यापन गर्नुभएको थियो । उहाँ पेन नेपालका संस्थापक अध्यक्ष तथा मार्टिन चौतारीका अध्यक्ष पनि रहनुभएको थियो । उहाँले पुस्तकालय विज्ञानमा अमेरिकाबाट स्नातकोत्तर गर्नुभएको थियो ।
उहाँका एक छोरी डा.प्रज्ञा मिश्र हुनुहुन्छ ।