२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसो मेघगर्जन र हुरीसहित पानी पर्ने सम्भावना : मौसम विभाग



अ+ अ-

काठमाडौं । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार राति काठमाडौंमा मात्रै ५ दशमलव ९ मिलिमिटर पानी परेको छ । दिउँसोपछि काठमाडौं सहित मध्य र पूर्वको केही तथा पश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

पश्चिममा पश्चिमी वायुको असर र मध्य तथा पूर्वमा पूर्वमा बनेको न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भई पानी पर्ने उनको अनुमान छ । शुक्रबारदेखि भने देशभरी कै मौसममा केही सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए ।